कोरोना ग्राफः ४ हजार डिस्चार्ज हुँदा १३९ जनाको मृत्यु

कोरोना ग्राफः ४ हजार डिस्चार्ज हुँदा १३९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा मात्र ९ हजार १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।

१७ हजार ६ सय २३ जनाको पिसिआर र ७ सय ८८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ हजार १ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर ७६. प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ ।