प्रधानमन्त्रीले विश्वासको मत नपाएको पत्र राष्ट्रपति कार्यालय पठाइयो

प्रधानमन्त्रीले विश्वासको मत नपाएको पत्र राष्ट्रपति कार्यालय पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएको पत्र राष्ट्रपति कार्यालय पुगेको छ ।

सोमबार साँझ संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेको पत्र राष्ट्रपति कार्यालय पठाएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसदमा भएको मतसहितको पत्र राष्ट्रपति कार्यालय पठाएको जानकारी दिए ।

प्रधानमन्त्रीले आफ्नो पक्षमा ९३, विपक्षमा १२४ र १५ सांसद तटस्थ रहेका थिए ।

उनले कूल सांसदको १ सय ३६ मत पाउनुपर्ने थियो । मतदानमा उपस्थित सांसदको संख्या २ सय ३२ रहेको थियो ।