मंगलबारकाे माैसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

मंगलबारकाे माैसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभावले अधिकांश स्थानमा बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव मौसममा रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार  दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने जनाएको छ । यस्तै केही स्थानहरुमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी राति भने देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको । यस्तै प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।