काठमाण्डु – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार पार्टीका प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ति जारी गर्दै संक्रमित महामन्त्री सिंह होम आइसोलेसनमा रहेको बताएका छन् । महामन्त्री सिंहको अक्सिजनको लेबल अहिले केही बढेको पनि जानकारी दिए ।
‘उहाँमाथि सङ्क्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलका पति हुन् ।




प्रतिक्रिया