पार्टी एकता कायम राख्न अध्यक्षद्वय महन्थ र बाबुराम आन्तरिक छलफलमा जुटे

पार्टी एकता कायम राख्न अध्यक्षद्वय महन्थ र बाबुराम आन्तरिक छलफलमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सरकार जाने विषयलाई लिएर पार्टी विभाजनको अवस्थामा पुगेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष डा. बाबुराम भट्टराई आन्तरिक छलफलमा जुटेका हुन् ।

पार्टी एकता कायम राख्न दुवै अध्यक्षबीच अन्तिम प्रयास भइरहेको स्रोतले जानकारी दियो । यसपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव, अशोक राई लगायतका नेताहरुसँग सामूहिक छलफल गर्ने जसपाका एक नेताले जानकारी दिए ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष ठाकुरबीच शीतल निवासमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा अध्यक्ष ठाकुरले उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेको निर्णय आधिकारिक नहुने भन्दै मान्यता नदिन राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए ।

उनले नयाँ सरकारमा जाने विषयमा जसपाको आधिकारिक निर्णय नभएको भन्दै उपेन्द्र र बाबुरामको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।