कंचनपुरमा विना मगरलाई दिए महिलाले साथ, यस्तो छ सम्भावना ?

कंचनपुरमा विना मगरलाई दिए महिलाले साथ, यस्तो छ सम्भावना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – मंसिर २१ मा दोस्रो चरणमा हुने निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य वाम गठबन्धनकी उम्मेदवार बिना मगरलाई दक्षिणी भेगका महिलाले साथ दिएका छन् ।

 

 

माओवादी केन्द्रकी नेतृ संयुक्त वाम गठबन्धनकी उम्मेदवार बिना यस अघि दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचन क्षेत्र नम्बर १ बाटै पराजित भएकी थिईन् । पराजित हुदा पनि दक्षिणी भेगको विकास र यस क्षेत्रका जनतालाई साथ दिएको भन्दै उनलाई दक्षिण भेगका महिलाले साथ दिएका हुन् ।

 

 

 

दक्षिणी क्षेत्रका जनताले बिना संघर्षशील महिला उम्मेदवार भएका कारण उनलाई सहयोग गर्ने बचन दिएका छन् । विगत पञ्चायत देखि हालसम्मका निर्वाचनमा कुनै पनि पार्टीले महिला उम्मेद्वार नबनाएका कारण दक्षिणी महिला हरेक क्षेत्रमा पछाडि पारिएको भन्दै बिनालाई साथ दिने बताएका हुन् ।

 

 

 

क्षेत्र नम्बर १ की स्थानीय महिला जयन्ती बोहराले यस क्षेत्रबाट बिनालाई साथ दिने उद्घोष गरेकी छिन् । ‘हाम्रो क्षेत्रका महिलाको उत्थान र विकासका लागि पनि बिनालाई जिताउनु पर्छ, ‘उनले भनिन, ‘सधै चुलोचौकोमा सिमित महिलाको उत्थानका लागि पनि यस पटक बिनालाई जिताउनु पर्छ ।’

 

 

 

महिलाका पक्षका वकालत गर्ने तथा महिलाका पक्षका मञ्चका चर्का भाषणबाजी गर्ने पार्टीहरुले अहिलेसम्म यो क्षेत्रबाट महिला उमेद्वार नउठाएको भन्दै वाम गठबन्धनले महिलालाई व्यवहारमै सम्मान गरेको उनले बताइन् । महिला उम्मेद्वार पाएकोमा उनी हर्षित छिन् । केही दलले महिलालाई हेपेको र महिलालाई अझै पनि दासत्वको जीवन बिताउन बाध्य बनाएको भन्दै बोहोराले बिनालाई सहयोग गर्न स्थानीय महिलालाई आग्रह गरिन् ।

 

 

यस्तै सोही निर्वाचन क्षेत्रकी ५० वर्षीया मानमती चौधरीले पनि महिलालाई साथ दिने बताईन् । महिला उमेद्वार बिनालाई नै यस पटकको निर्वाचनमा विजयी गराउनुपर्ने उनको विचार छ । पञ्चायतकालदेखि दोस्रो संविधान सभा निर्वाचन २०७४, असारमा सम्पन्न स्थानीय तह निर्वाचनसम्म भोट हाल्दै आउनु भएकी चौधरीले यस पटक महिला उमेद्वारलाई सघाउने उद्घोष गरेकी छिन् ।

 

 

‘पहिला महिला उम्मेद्वार नै थिएन् महिलाको उत्थान र विकासका लागि पनि हामीले भोट दिएर बिनालाई ठाउँमा पु¥याउनु पर्छ ।’

 

 

 

विकास र महिलाको साक्षरता हिसावले पनि दक्षिणी क्षेत्र निकै पछाडि परेको भन्दै क्षेत्र नम्बर १ की अर्की महिला गौरी रानाले महिला उम्मेद्वारलाई नै आफूको सहयोग रहेको बताईन । ‘हामी पार्टी हेर्दैनौ महिलाको पक्षमा वकालत गर्ने महिलालाई साथ दिन्छौ, ‘उनले भनिन, ‘विना हाम्री चेली हुन् ।’

 

 

 

महिलाहरुको पनि नीति निर्माणका काममा सहभागीता भए मात्रै असल र महिलाको पक्षमा नीति नियम बन्ने भएका कारण महिलालाई जिताउन आफनो सहयोग रहेको उनको विचार छ । महिलाको घर, समाज, राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान हुने भएका कारण पनि महिलालाई नीति निर्माणमा सहभागीता आवश्यक रहेको उनको भनाई छ । दक्षिणका महिला अहिले २१ गते आउँला र कति बेला बिनालाई भोट हाल्न पाउँला भन्ने आतुर छन् ।

 

 

 

आफ्नो  श्रीमान र घर परिवार जो पार्टीको हो, सोही पार्टीलाई भोट दिने गरेका महिला यस पटक भने बिनालाई भोट हाल्ने उद्घोष गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा लालझाँडी, बेल्डाँडी गाउँपालिका र बेलौरी पुर्नवास नगरपालिका क्षेत्रमा चुनावी कार्यक्रममा विनालाई भ्याईनभ्याई भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को भूगोल ठुलो भएकाले चुनावी कार्यक्रममा बिनालाई भ्याईनभ्याई भएको छ ।

 

 

जुन जस कार्यक्रममा जाँदा पनि बिनालाई महिला, युवा र जनताले भव्य स्वागत गरिरहेका छन् । चुनाव हार्दा नेताहरु गायब भएपनि बिनाले दक्षिणी क्षेत्रको विकास निर्माणमा अथक भूमिका निर्बाह गरेको स्थानीयको भनाई छ । बिनाले दिगो आर्थिक विकास, सम्वृद्धिका लागि सहयोग गर्न निर्वाचन क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरेकी छन् ।  आजको नयांपत्रिकामा समाचार छ ।