वीर अस्पताललाई शंकर समूह र इन्फिनिटी होल्डिङको स्वास्थ्य सामाग्री सहयोग

वीर अस्पताललाई शंकर समूह र इन्फिनिटी होल्डिङको स्वास्थ्य सामाग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गरेको छ ।शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र ३ हजार के-९० मास्क दिएको हाे।

वीर अस्पतालको सर्जिकल ब्लकलाई अहिले कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रुपान्तरण गरिएको छ। वीर अस्पतालका लागि डेढ सय बेड, पीपीइ लगायतका सामाग्री उपलब्ध गराउने यी दुई संस्थाले प्रतिबद्धता समेत जनाएका थिए। सोही प्रतिबद्धता अनुसार ५० वटा तत्कालै हस्तान्तरण गरिएकाे हो।

‘अहिलेको याे महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामाग्री दिएका हौं,’ शंकर समूहले भनेको छ, ‘तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामाग्री हस्तान्तरण गरेका हौं।’