काठमाण्डु – विसं २०७८ साल वैशाख ३० गते बिहीबार । इस्वी सन् २०२१ मे १३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेटमा । दिनमान ३३ घडी ३३ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोल्दा ध्यान नदिए गलत निर्णय हुनेछन् भने पछि पश्चाताप हुनेछ । पढाइ लेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम खर्च हुनेहुँदा आफ्नो काम थाती रहनेछन् ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) समयमा काम सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुने योग छ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुबाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्य फाइदा हुनेछ । पढाइलेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तीय क्षेत्रसँग सम्बिन्धित कामबाट रूपैयाँ पैसा कमाउन सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) प्रेम प्रसङ्गमा रमाउन चाहनेका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग ससाना कुरामा मनमुटाव बढ्नेछ ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यु) व्यावसायमा लगानी नगर्नुहोला, आज गरीने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना छ । धर्मकर्ममा मन जानेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मानसम्मानमा वृद्धि भएर जानेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग छ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्य धन कमाउन सकिनेछ । जीवनसाथीको सहयोगले महत्त्वपूर्ण कामहरु समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । मायाप्रेममा मनमुटाव सिर्जना हुनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्र तपाईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।




प्रतिक्रिया