वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १ सय २ औँ बर्षमा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १ सय २ औँ बर्षमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आज १ सय २ बर्ष पुगेका छन् ।

नेपाली संस्कृति, साहित्य र इतिहासका ज्ञाता जोशीले कलाकार अरनिकोमाथि अध्ययन तथा अनुसन्धान गरेका छन् । विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी १ सय २ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् ।

तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् । २०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उनले मदन पुरस्कार प्राप्त गरेका छन् ।

९५ वर्षको उमेरमै नई प्रकाशनले जोशीको बायोग्राफी (जीवन वृत्तान्त) मा पहिलोपटक ‘शताब्दी पुरुष’को उपमा दिएको थियो । जीवन वृत्तान्तमा ७ वर्षअघि नै शब्द प्रयोग भए पनि नेपाली संस्कृति, साहित्य र इतिहास क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सरकारले भने २०७४ बैसाख २१ गते मात्रै जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गएको भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ ।