काठमाण्डु – नेकपा एमालेले आकस्मिक निर्णयको अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको अत्यावश्यक निर्णयको अधिकारी प्रधानमन्त्रीलाई दिने निर्णय गरेको हो ।
राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक विषयका कामकारबाहीबारे निर्णय गर्ने अधिकार ओलीलाई दिइएको हो ।
आजको बैठकले माधव नेपालसहित चार जना नेतामाथिको कारबाही फुकुवा गरेको छ । बैठकले नेता नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले गरेका कामका सन्दर्भमा बैकमा जानकारी गराएका थिए । बैठकमा स्थायी कमिटी सदस्यहरुले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद गर्नका लागि विभिन्न देशहरुसँग पहल गर्न सुझाव दिएका थिए ।





प्रतिक्रिया