काठमाण्डु – गठबन्धन सरकार गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठनका निम्ति दलहरूलाई दिएको समय घर्किदै जाँदा नेताहरुले छलफललाई तिब्रता दिएका छन् ।
बहुमतको सरकार गठनको सम्भावना क्षीण बन्दै गएका बेला दुई नेताबीच परामर्श सुरु भएको हो । देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए ।
छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न भनेका छन् । गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा (३) को प्रक्रिया सुरु हुनेछ ।
जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन् ।




प्रतिक्रिया