अखिल (क्रान्तिकारी) द्वारा ‘कोभिड हेल्प डेस्क’ स्थापना

अखिल (क्रान्तिकारी) द्वारा ‘कोभिड हेल्प डेस्क’ स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले ‘कोभिड हेल्प डेस्क’ सुरु गरेको छ।

कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह र त्रासदीपुर्ण बनेकाले संगठनका देशभरका संरचना कोभिड संकटमा सामान्य सहयोग पुर्याउने हेतुले ‘विशेष हेल्पडेस्क’ शुचारु गरिएको प्रवक्ता जिपि मैनालीले जानकारी दिए ।

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङद्वारा हस्तक्षरित बिज्ञप्तिमा उपचारका लागि अस्पतालका बेड,आईसियू,भेन्टिलेटर नपाएर दैनिक सयौ संक्रमितहरु मृत्युवरण गर्न बाध्य भएको र अक्सिजनको अभावमा अस्पताल,आईसोलेसन र क्वारेन्टाईन बधशालामा परिणत हुदै गर्दा समेत मानवीय कर्तब्य र दायित्व विपरीत राज्य सत्ताको ताण्डवमा मस्त भएको भन्दै अबिलम्व नागरिकमा स्वास्थ्य उपचार पुर्याउन माग समेत गरिएको छ ।

क्रान्तिकारीले तत्काल स्वास्थ्य संकटकाल लगाएर देशका श्रोत साधन परिचालन र विदेशी सहायता,दातृ निकाय संगको समन्वय लगायतका बिकल्पको समुचित परिचालन मार्फत भयाभह अवस्थामा गम्भिर बन्न नेपाल सरकार, सम्पुर्ण राजनीतिक दल,बिभिन्न जिम्मेवार निकायहरुलाइ अनुरोध समेत गरेको छ ।