देउवा र प्रचण्डबीचको छलफल सकियो

देउवा र प्रचण्डबीचको छलफल सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच गठबन्धन सरकार गठनबारे छलफल भएको छ । भेटवार्तामा नेकपा एमालेका नेता माधव नेपाल समूहको रणनीति हेरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठनका निम्ति दलहरूलाई दिएको समय घर्किदै जाँदा नेताहरुले छलफललाई तिब्रता दिएका छन् ।

सभापति देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए ।

छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न भनेका छन् । गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा (३) को प्रक्रिया सुरु हुनेछ ।

जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन् ।