अक्सिजन नियमनको नाममा सरकारले नागरिकको हत्या गर्‍योः ईन्द्र अर्याल

अक्सिजन नियमनको नाममा सरकारले नागरिकको हत्या गर्‍योः ईन्द्र अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यायका लागि मानवअधिकार संजालले अक्सिजन नियमनको नाममा सरकारले नागरिकको हत्या गरिरहेको आरोप लगाएको छ ।

संजालका संयोजक संयोजक ईन्द्र प्रसाद अर्यालले एक प्रेस वक्तव्य जारी गर्दै सत्ताको खिचातानी छोडेर तुरुन्त अक्सिजन उपलब्ध गराउन र नागरिकको जीवनरक्षा गर्नका लागि सरोकारवालाहरुसँग अपिल गरेका छन् ।

कोरोना संक्रमित हरू उपर अक्सिजन नियमनको नाममा सरकारले नागरिकहरूको हत्या गरिरहेकोले यस्तो मानबता बिरोधि जघन्य अपराध गर्ने दोषिलाई कार्वाही गर्न माग गरेका छन् ।

साथै उनले सत्ताको खिचातानि छोडेर तुरून्त अक्सिजन उपलब्ध गराउन र नागरिकको जिवन रक्षा गर्नका लागि समेत दलहरुलाई आग्रह गरेका छन् ।