काठमाण्डु – माअोवादी केन्द्रले बहुमत नपुगेका कारण केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनमा बहुमत नपुग्ने भएकाले ओलीलाई नै प्रधानमन्त्री स्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहले नयाँ सरकार निर्माणमा सहयोग गर्ने बचन पूरा नगरेकाले सरकार निर्माण कार्य तत्काललाई बन्द भएको जानकारी दिए ।
‘उहाँहरु सरकार निर्माणमा सकारात्मक हुनुहुन्थ्यो । तर उहाँहरुले अहिलेसम्म कुनै निर्णय गर्नु भएन । नेपाल खनाल पक्षको निर्णय पर्खेर बसेका छौं । त्यसपछि हामी औपचारिक निर्णयमा जानेछौं’, उनले भने ।




प्रतिक्रिया