काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नयाँ सरकार निर्माण प्रक्रियाबाट पछि हटेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले नयाँ सरकार निर्माणमा आफुहरुको मात्रैले बहुमत नपुग्ने भन्दै प्रक्रियाबाटै पछि हटेको हो ।
सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका कारण बहुमत नपुग्ने भन्दै सरकार गठन प्रक्रियाबाट पछि हटेको बताएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले वैकल्पिक सरकार निर्माणमा बहुमत नपुग्ने भएकाले पछि हट्नु परेको बताए ।
उनले भने, ‘कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्छ । उपेन्द्रजी तयार हुनुहुन्थ्यो तर, महन्थ ठाकुरले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो । माधव नेपालजीहरुको पनि निर्णय आएन । परिणाम नआउने कुरामा के दाबी गर्नु ?’
बैठकमा सभापति देउवाले नेकपा एमालेका नेता माधव नेपाल समूहले निर्णय लिन नसकेको र जनता समाजवादी पार्टी पनि विभाजित भएकाले सरकारमा दाबी गर्नु उचित नहुने बताएका थिए ।




प्रतिक्रिया