एमालेको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

एमालेको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टीको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ ।

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।

९ सदस्यीय कार्यदलमा पछि दुई जना थप गर्ने सहमति भएको छ । कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।

नेपाल समूहले आफूहरु अनुपस्थित गत फागुन २८ को केन्द्रीय कमिटीका निर्णय फिर्ता गर्न र २०७५ जेठ २ गतेका अवस्थाका स्थितिमा पार्टीलाई फर्काउन माग गर्दै आइरहेको छ ।