काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
शुक्रबार दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । बिहीबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको शपथ खाएपछि ओलीले आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जानकारी दियो । प्रधानमन्त्री निकट एक नेताकाअनुसार माधव नेपाल पक्षका नेतालाई पनि समेट्ने गरी मन्त्रिमण्डल विस्तार हुनेछ ।
बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच भएको भेटवार्तामा नयाँ मन्त्रिमण्डलमा नेपाल पक्षका सांसदलाई पनि समेट्ने सहमति भएको थियो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कस–कसलाई मन्त्री बनाउने भन्नेबारे नाम टुंगो नलागेको बताए ।




प्रतिक्रिया