काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै प्रवक्ता श्रेष्ठले माअोवादी केन्द्रले अरुको विरोध गरेर समय खेर फाल्न नहुने बताएका छन् ।
‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन’, उनले भनेका छन्, ‘देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै ब्यबस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ । बैचारिक छिपछिपेपन , बिधि पद्धतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ ।’
प्रवक्ता श्रेष्ठले त्यसरी मात्र क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सकिने बताएका छन् । उनले तत्काल सिङ्गो पार्टी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुट्नुपर्ने बताएका छन् ।
‘बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुण चरित्र होइन । घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न सकिने छैन । तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुटौं’, उनले भनेका छन् ।




प्रतिक्रिया