ओली–नेपाल वार्ताबारे वामदेवको टिप्पणीः महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस

ओली–नेपाल वार्ताबारे वामदेवको टिप्पणीः महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीचको संवादलाई सकारात्मक कदम भनेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीलाई बधाई दिँदै नेता गौतमले दुवै नेताबीच सुरु भएको वार्ता पार्टी एकताका निम्ति सकारात्मक रहेको बताएका हुन् ।

‘पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु’, उनले भनेका छन् ।