काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता र सांसदहरुसँग छलफल गरेका छन् ।
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे नेता नेपालले आफू निकट सांसदहरुलाई ब्रिफिङ गरेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच पार्टीलाई २०७५ जेठ २ र गत फागुन २८ गते गरेका निर्णय सच्याउने विषयमा सहमति भएको थियो ।




प्रतिक्रिया