देउवा निवासमा विपक्षी दलको भेला

देउवा निवासमा विपक्षी दलको भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गठबन्धनको सरकार बनाउन असफल भएपछि त्यसको समीक्षा गर्न विपक्षी दलका नेताहरु कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा भेला भएका छन् ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र सरकार गठन गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (३) अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने भएकाले अबको रणनिति तय गर्न दलहरु छलफलमा जुटेका हुन् । जनता समाजवादी पार्टी दुई कित्तामा उभिएपछि नेपाली कांग्रेसले संसदमा बहुमत जुटाउन नसकेको हो ।

बैठकमा अबको रणनितिबारे छलफल जारी रहेको एक नेताले जानकारी दिए । बैैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेता र जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन् ।