प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार, पुरानै मन्त्री दोहोरिए

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार, पुरानै मन्त्री दोहोरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारका मन्त्रीहरुले शपग्रहण गरेका छन् ।

शुक्रबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ खुवाएकी हुन् । आज पुरानै मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीको क्याविनेटमा पुरानै मन्त्री दोहोरिएका छन् ।

शपथ गर्नेहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदेश त्रिपाठी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरी, कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ, पार्वत गुरुङ, लिलानाथ श्रेष्ठ, गणेशसिंह ठगुन्ना, प्रेमबहादुर आले, जुलीकुमारी महतो, दावा लामा तामाङ्ग, शिवमाया तुम्वाहाम्फे, पद्मा अर्याल रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा नरवाज रावत, रामवीर मानन्धर र विमला विक रहेका छन् ।