काठमाण्डु – राप्रपाको महाधिवेशन स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाण्डुमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।
संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ ।
मिति : २०७८ जेठ १ गते
राप्रपाका त्रय अध्यक्ष सहितको आज बसेको बैठकले देहाय बमोजिम निर्णयहरु गरेको छ :
१. कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ ।
२. कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसंग माग गर्दछ ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।
कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपा हार्दिक अपिल गर्दछ ।
३. पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय गरियो ।
भास्कर भद्रा ध्रुब बहादुर प्रधान
प्रमुख प्रमुख
केन्द्रीयब सचिवालय केन्द्रीय सचिवालय




प्रतिक्रिया