काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
आज एक भिडियो सन्देश जारी गर्दै पार्टी भित्र बिवाद मिलाउन वा चर्काउन भन्दापनि कोरोना नियन्त्रणमा लाग्न आग्रह गरेका छन् । पुनः प्रधानमन्त्रीको जिम्मेवारी पाएका केपी शर्मा ओलीसँग मिलेर काम गर्न आब्हान गरेका छन् ।
थापाले अबको केही समय ओलीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन दिएका छन् । उनले भने, जनताको जीवन जोगाउन लाग्ने हो भने म र म जस्ता अन्य कयौंलाई नदीको अर्को किनारामा होइन तपाइँसँगै उभिएको पाउनुहुनेछ, तपाइलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाइको सरकारलाई सफल बनाउन लागिरहेको पाउंनुहुनेछ ।
. @PM_Nepal ज्यू, फेरी एकपटक मौका पाउनु भएको छ।
अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसंग जुध्न लगाउनुहोस। हामी पनि अबको केही समय तपाईंसँगका सवै असहमतिलाई विसाएर
जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौं। pic.twitter.com/hdmodE3daJ— Gagan Thapa (@thapagk) May 15, 2021




प्रतिक्रिया