आठ करोड डोज कोरोना खोप सहयोग गर्ने अमेरिकाको घोषणा

आठ करोड डोज कोरोना खोप सहयोग गर्ने अमेरिकाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले आगामी ६ सातामा अन्य मुलुकलाई आठ करोड डोज कोरोना खोप दिने भएको छ ।

अमेरीकाले अन्यदेशहरुलाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार सञ्चारमाध्यमहरुसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् ।

अमेरीकाले अन्य देशलाई आठ करोड डोज कोरोना खोप दिने भएको हो । खोपको संख्या अमेरिकाले जुनको अन्तिमसम्ममा उत्पादन गर्ने खोपको १३ प्रतिशत रहेको बाइडनले बताएका छन् ।

रुस र चीनले अहिलेसम्म एक करोड ५० लाख डोज कोरोना खोप अनुदानमा अन्य मुलुकलाई दिएका छन् । तर, अमेरीकाले कुन देशलाई कति खोप दिने भन्ने निर्णय हुन बाँकी रहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले बताइन् ।