काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्षद्वय महथ ठाकुर र उपेन्द्र यादवबीचको सहमति तीन घण्टामा पनि टिक्न सकेन ।
मंगलबार बिहान बसेको दुवै अध्यक्षबीचको बैठकमा पार्टीलाई सामूहिक निर्णयका आधारमा सञ्चालन गर्ने भन्दै ८ बुँदे समझदारी भएपनि त्यो कार्यान्वयन नआउँदै अर्को विवाद उत्पन्न भएको छ ।
र यो पनि
राजेन्द्र महतो संसदीय दलको नेता चयन, पत्र संसद सचिवालयमा दर्ता
महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको पत्र संसद सचिवालयमा पठाएपछि उपेन्द्र यादवले पनि त्यसको काउण्टरमा अर्को पत्र पठाएका हुन् ।
अध्यक्ष यादवले संसद विचालयका महासचिवलाई पत्र पठाउँदै भनेका छन्, ‘नेपालको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा (२) मा पार्टीको संघीय संसदीय दलको आफ्नै विधान हुने र उपधारा (३) मा केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्ने व्यवस्था भएकोमा हालसम्म पार्टीको संसदीय दलको विधान नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन पनि नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ । ’
र यो पनि
जसपालाई फूटबाट जोगाउन महन्थ र उपेन्द्रबीच ८ बुँदे सहमति
अध्यक्ष यादवले राजेन्द्र महतोलाई संसदीय दलको विधान समेत पारित नभएको अवस्थामा कसैले संसदीय दलको नेता भयन भएको भनेर सचिवालयमा जानकारी दिँदै त्यस्ता अवैधानिक कार्यलाई मान्यता नदिन आग्राह गरेका छन् ।





प्रतिक्रिया