कोरोना ग्राफः ८१७३ जनामा संक्रमण पुष्टि हुँदा ७९८९ डिस्चार्ज

कोरोना ग्राफः ८१७३ जनामा संक्रमण पुष्टि हुँदा ७९८९ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २ सय ४६ संक्रमितको मृत्यु भएको छ । देशभर क्वारेन्टाइनमा ८५४ जना रहेको उनले जानकारी दिए ।

योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाण्डु उपत्यकामा २४८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये झत्तपुरमा २२८, ललितपुरमा २७० र काठमाण्डुमा १९८८ जनामा संक्रमण पुष्टि भएको हो ।