कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना दिउँसोदेखि हुने

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना दिउँसोदेखि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ।

मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ।

शुक्रबार भएको निर्वाचनमा गगन थापा सभापतिमा निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी छ।

पदाधिकारीको मतगणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।

मतगणना दिउँसो मात्रै गर्ने तयारी छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी दिउँसोबाट मतगणना सुरु गर्नेछ ।

कटुवालले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुने बताए ।

मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिनेछ छ ।

मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको हो।

यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका छन् ।