काठमाण्डु – कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।
औषधि व्यवस्था विभागले नेपालमै रेम्डिसिभर उत्पादनका लागि नेपाल औषधि उत्पादक संघलाई अनुमति दिएको हो ।
संघका महासचिव विप्लब अधिकारीकाअनुसार कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरअभाव भइरहेका बेला नेपालमा नै उत्पादन हुने भएपछि वितरणमा थप सहज हुनेछ ।
महासचिव अधिकारीले औषधि व्यवस्था विभागले अनुमति दिइसकेकाले चाँडै नै उत्पादन सुरु गर्ने जानकारी दिए ।
कोभिड–१९ संक्रमितका बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधि बंगलादेशबाट ल्याएर बाँडिँदै आइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिर औषधी सरकारले तोकेका व्यक्ति र संस्थाबाट लिन पर्ने नियम बनाएको छ ।
आयन हेल्थकियरमात्र आधिकारीक आयातकर्ता भएकाले रेम्डिसिभिर आवश्यक परे सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्किप्सन लिएर आधिकारिक आयातकर्ता आयन हेल्थकियरमा जानुपर्ने व्यवस्था रहेको छ ।
औषधी लिन जाने व्यक्तिले डाक्टरको प्रेस्किप्सन सहित आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।




प्रतिक्रिया