बिहीबार तपाईँको राशिफल कस्तो रहला ? हेर्नुहोस भाग्यफल

बिहीबार तपाईँको राशिफल कस्तो रहला ? हेर्नुहोस भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं २०७८ साल जेठ ०६ गते बिहीबार । इस्वी सन् २०२१ मे २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विगतका गल्ती तथा कमीकमजोरी सच्याउँदै काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गको इज्जत राख्न सकिने समय रहेको छ ।  कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) काम गर्दा विशेष सावधानी अपनाउनु होला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यानदिनु होला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । कर्म प्राप्तिको लागि विदेशमा हुनुहुन्छ भने सफल लाभदायी रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाय फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलार्ई साइड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) प्राकृतिक स्रोत तथा साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटा फराकिला बनाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरू थाँती हुनेछन् ।मायाप्रेममा तीक्ता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला, खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) आफ्ना समस्या परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ ।  माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरूले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला ।