यूएईमा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप

यूएईमा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका उच्च जोखिममा परेपछि बालबालिकालाई पनि खोप दिन थालिएको हो ।

फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोप बालबालिकामा लगाउन त्यहाँको हेल्थ एण्ड प्रिभेन्सन मन्त्रालयले अनुमति दिएको हो ।

यसअघि बालबालिकामा गरिएको प्ररिक्षणमा शतप्रतिशत नतिजा आएपछि फाइजरले अनुमति पाएको हो । १२ देखि १५ वर्षका बालबालिकाका अभिभावकसंग खोप लगाउने बिषयमा छलफल भईरहेको छ ।