कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । अपरिचित व्यक्तिले चलाएको गोली लागेर पाण्डे सहित दुईजना घाइते भएका छन् ।

गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको डिएसपी भण्डारीले बताए । राती ११ बजे तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको उनले बताए ।

गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।