प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा पत्र

प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

बागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु हुँदा पनि प्रधानमन्त्री ओलीले भोट माग्ने काम गरेको भन्दै कांग्रेसले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै कारबाहीका लागि पत्र पठाएको हो ।

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको उपनिर्वाचनका लागि आयोगले ४८ घण्टालाई मौन अवधि तोकेको थियो । विद्युतीय माध्यम, प्रचार प्रसार वा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री अ‍ोली र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष््ठले निर्वाचन आचार संहिताको उल्लंघन गरेको कांग्रेसको ठहर छ ।

कांग्रेसको बुधबार बसेको संसदीय दल कार्यसमितिको बैठकले मौन अवधिमा प्रधानमन्त्री अ‍ोलीले मत मागेको विषयमा भत्सर्ना गरेको छ ।

बुधबार नेकपा एमालेको पार्टी अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले माधव नेपाल समूहलार्य राष्ट्रिसभाका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन आग्रह गर्दै मत मागेका थिए । सोही विषयमा आयोगले पनि बुधबार नै विज्ञप्ति जारी गर्दै मौन अवधिमा मत माग्ने कार्य निन्दनीय भएको बताएको थियो ।