स्पेनले पठाएको स्वास्थ्य सामग्री काठमाण्डु आइपुग्यो

स्पेनले पठाएको स्वास्थ्य सामग्री काठमाण्डु आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाण्डु आइपुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्सको जहाँजमा स्वास्थ्य सामाग्री पठाएको हो ।

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ । जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामाग्री बुझेका छन् ।

यसैबीच स्वास्थ्य सामाग्री लिएर आएको जहाजले स्पेनिस नागरिकलाई फिर्ता लिएर जाने बताइएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमै रोकीएका नागरीकलाई सोही जहाजमा स्वदेश फकाईने जनाइएको छ ।