माओवादी केन्द्रले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, कोरोना नियन्त्रणमा स्वयंसेवी परिचालन

माओवादी केन्द्रले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, कोरोना नियन्त्रणमा स्वयंसेवी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारले नागरिकको स्वासथ्यमा हेलचेक्र्याइँ गर्दै भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

‘कोरोना महामारी नियन्त्रणलाई बेवास्ता गर्दै सरकार भ्रष्टाचारमा लिप्त भइरहेको छ । त्यस विषयमा ध्यानाकर्षणपत्र बुझाउने निर्णय भयो’, नेता गुरुङले काठमाण्डुपाटीसँग भने ।

त्यस्तै उनले माअ‍ोवादी केन्द्रले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वयंसेवी परिचालन गर्ने निर्णय भएको पनि जानकारी दिए ।

‘स्वास्थ्य क्षेत्रमा के सहयोग गर्न सकिन्छ सो विषयमा केन्द्रीत हुँदै स्वास्थ्य स्वयंसेवी अभियान सञ्चालन गर्ने निर्णय भएको छ’, उनले भने ।