काठमाण्डु – नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारले कोरोना नियन्त्रणमा गरेका प्रयासबारे जानकारी गराएका थिए ।
बैठकले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै नागरिकको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री जुटाउन सुझाव दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।





प्रतिक्रिया