शुक्रबारको मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

शुक्रबारको मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेकाे छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ। प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिक देखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहान देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राति वर्षा भएको छ ।