काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै वटा विकल्पमा छलफल भएको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकपछि बाहिरिँदै अध्यक्ष प्रचण्डले धेरै वटा विकल्पका विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ साथै जसपाबाट नेता मोहम्मद इस्तियाक राई सहभागी भएका थिए ।
‘छलफल चलिरहेको छ । विकल्प धेरै छन् । विकल्पमाथि छलफल भइरहेको छ । सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ प्रचण्डले भने ।




प्रतिक्रिया