काठमाण्डु– बेलारुसले विमानलाई आकाशबाटै जबरजस्ती मोड्न लगाएर पत्रकार पक्राउ गरेपछि त्यसको संसारभर चर्को आलोचना भइरहेको छ । बेलारुसको नेक्टा ग्रुपका पूर्वसम्पादक रहेका रोमन प्रोटोसेभिच जम्मा २६ वर्षका छन् । उनलाई बेलारुसले पक्राउ गरेपछि युरोपेली देशहरु र अमेरिकाले बेलारुसमाथि राज्य आतंकको आरोप लगाएका छन् । यूकेका विदेशमन्त्री डोमिनिक राबले बेलारुसको कदमको गम्भीर परिणाम हुने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले पत्रकार पक्राउ गरेको विरोध गर्दै बेलारुसका अधिकारीहरूलाई जबाफदेही बनाउन अमेरिकी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
पत्रकार प्रोटासेभिच ग्रीसबाट लिथुआनिया जांदै गर्दा उनी सवार विमानलाई बेलारुसले बम भएको भन्दै उसको राजधानी मिन्स्कमा ओरालेको थियो । त्यसका लागी मिग २९ लडाकू विमानहरु समेत उसले प्रयोग गरेको थियो । बेलारुसको यस्तो हर्कतले जहाज ७ घण्टा ढिलो भिल्नियसमा अवतरण गरेको थियो ।
प्रोटासेभिचका बुवा डिमित्री प्रोटासेभिचलले आफ्नो छोरालाई यातना दिने त्रास रहेको दावी गरेका छन् । उनले बिबिसीसंग कुरा गर्दै २१ औं शताब्दीमा युरोपको मध्यमा यस्तो घटना हुनु दुखद भएको बताए । डिमिटी यसअघि बेलारुसको सेनाका रिर्जव अफिसर थिए । उनले त्यंहाको सेनाको ऐकेडेमीलाई विचारधाराबारे अध्यापन गराउंथे ।
२७ वर्षदेखी त्यहांको सत्तामा रहेका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोलाई गत वर्षको अगष्टमा भएको चुनावमा धांधली गरेर जितेको आरोप लागेको छ । उनले त्यसयता विपक्षीहरुमाथी निशाना सांध्दै आएका छन् ।
प्रोटासेभिच उनका विरोधी हुन । उनलाई पक्राउ गर्न ¥यानएअरको विमान अपहरण गरेको आरोप बेलारुसमाथि लागेका छ । उनलाई अपहरणपछि उनको भिडिओ सार्वजनिक भएको छ । जसमा प्रोटासेभिचले आफूमाथी लगाएका आरोप स्विकार गरेका छन् ।
यद्यपी उनलाई यातना दिएर उक्त अभियोग स्विकार गर्न लगाएको विपक्षी नेताहरू एवं अभियानकर्मीहरूले वताएका छन् । उनलाई बेलारुसका अधिकारीहरुले कुटपिट गरेको हुनसक्ने समेत बताइएको छ ।
उनको भिडियो सार्वजनिक भएलगत्तै युरोपेली युनियनले बेलारुसमाथि थप प्रतिबन्ध लगाउन सहमति जनाएको छ। बेलारुसका लागी छुट्याइएको साढे तीन अर्ब डलरको युरोपेली लगानी प्याकेज स्थगित गरिने युरोपेली आयोगकी प्रमुख उर्जुला फन डेर लयनले बताइन । त्यसका लागी साथै युरोपेली युनियनले विमान सेवाहरूलाई बेलारुसको आकाश प्रयोग नगर्न भन्नुका साथै बेलारुसका विमान सेवाहरूलाई ईयूको क्षेत्रमा उड्न प्रतिबन्ध समेत लगाएको छ।
बेलारुसमा बन्दीहरुलाई मृत्युदण्ड दिईने गर्छ । उनिसंगै अन्य तीन यात्रुहरु भिल्नियसमा नपुगेको ¥यानएअरले जनाएको छ । उनिहरु गूप्तचरहरु हुन सक्ने बताइएको छ । तर त्यसको आधिकारीक पुष्टि भने भएको छैन । बेलारुसको रुससंग निकट सम्बन्ध छ । ९५ लाख जनसंख्या भएको पश्चिमा मुलुक र रुसको द्धन्द्धमा अल्झिएको छ । बेलारुसमा नयां प्रजातन्त्रिक नेतृत्व तथा आर्थिक सुधारको माग गर्दै विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाको समुह आन्दोलनमा छ ।तर, त्यहां प्रहरी दमन पनि चर्को छ । आन्दोलनकारीहरु कतिपय जेलमा पुगेका छन् भने कतिपय छिमेकी मुलुक लात्भिया, लिथुआनिया र पोल्यान्ड निर्वासनमा गएका छन् ।
को हुन प्रोटासेभिच?
प्रोटासेभिच नजन्मनुभन्दा पहिले नै अहिलेका राष्ट्रपति अलेक्सान्डर सत्तामा आइसकेका थिए । उनलाई आतंकवादी गतिविधीमा संलग्न भएको आरोप लागेको छ । यदी त्यो आरोपित प्रमाणित भए प्रोटासेभिचलाई कम्तिमा १५ वर्षको जेल सजाय हुनेछ । नेक्टा च्यानल अहिले पोल्याण्डबाट चलिरहेको छ । यो च्यानलले लिथुआनियामा रहेका बेलारुसका विपक्षी पार्टीहरुसंग काम गरिरहेको छ । विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाक पनि अहिले लिथुआनियामै निर्वासनमा बसिरहेकी छन् ।
प्रोटासेभिचले अहिले विभिन्न टेलिग्राम च्यानलका लागी काम गरिरहेका छन् । उनले २०१९ मा बेलारुस छोडेका थिए भने २०२० मा पोलिस सिटिजनका लागी आवेदन दिएका थिए । उनलाई २०११ मा रोमन विरोधी लुकाशेन्को गतिविधिमा लागेको भन्दै स्कुलबाट निकाला गरिएको थियो । त्यसपछि बेलारुसको स्टेट युनिभर्सिटीमा पत्रकारिता अध्ययन गर्दा समेत उनि त्यहांबाट निकाला भएका थिए ।
एजेन्सीको सहयोगमा ।




प्रतिक्रिया