काठमाण्डु- दुबईबाट तेल अभिव जाँदै गरेको फ्लाई दुबईको उडानमा भारतीय पाइलट क्याप्टेन स्मित मछारमाथि आक्रमण गर्ने सहपाइलटको परिचय खुलेको छ ।
अमेरिकी सञ्चार माध्यम सीएनएनले फ्लाईदुबई विमान आक्रमण प्रकरणमा पाइलट मच्छरमाथि आक्रमण गर्ने व्यक्ति हमाम अल-हमामी रहेको विवरण सार्वजनिक गरेको छ । उनी ओमानका नागरिक हुन् । उनको जन्म संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको थियो। उनका बुबा ओमानी र आमा सिरियाली हुन्। उनले आफ्नो जीवनका धेरै वर्ष यूएईमा बिताएका छन्।
त्यसअघि उनी ओमानको राष्ट्रिय एयरलाइनमा कार्यरत थिए तर पछि उनी जागिरबाट हटाइएका थिए । उनी लामो समयदेखि सिरियामा बस्दै आएका थिए, जहाँ उनी कट्टरपन्थी विचारबाट प्रभावित भएको बताइएको छ।
इजरायलको च्यानल १२ को रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले अल–कायदा विचारधारामा उनको प्रभावको प्रमाण फेला पारेका छन्। स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, ‘सोधपुछका क्रममा अल–हमामीले इजरायलमा विमान दुर्घटना गराउन चाहेका थिए ।
आक्रमण हुनुभन्दा अगाडि पनि उनको व्यवहारमाथि प्रश्न उठेको थियो। सीएनएनका अनुसार उनलाई २०१४ मा ओमानको राष्ट्रिय एयरलाइन्समा पाइलट तालिमबाट हटाइएको थियो। त्यसपछि उनलाई एयरलाइन्स भित्र फरक भूमिका दिइएको थियो। उनी लगभग आठ महिना अघि फ्लाईदुबईमा सामेल भएका थिए। सेप्टेम्बर ३० मा उनले उडानको ककपिटमा क्याप्टेन मच्छरमाथि चक्कुले आक्रमण गरेका थिए।
आक्रमणपछि विमान द्रुत गतिमा तल झरेको थियो । गम्भीर घाइते क्याप्टेन मच्छारले आक्रमणकारीलाई लडेर ककपिटको ढोका खोलेका थिए ।त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यहरूले सह–चालकलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि विमानले साउदी अरबमा आपतकालीन अवतरण गरेकाने थियो ।
घटनापछि इजरायली प्रधानमन्त्री नेतान्याहुले आक्रमणकारीको झुकाव इस्लामिक कट्टरपन्थतर्फ रहेको बताएका थिए । आक्रमणकारी विमानका यात्रुहरूलाई लिएर विमान दुर्घटना गराउने नियतले आएको नेतान्याहुको भनाइ थियो ।




प्रतिक्रिया