महन्थ ठाकुरले मध्यरातमा उपेन्द्रलाई सोधे ७ बुंदे स्पष्टीकरण,कार्वाही गर्ने तयारी

महन्थ ठाकुरले मध्यरातमा उपेन्द्रलाई सोधे ७ बुंदे स्पष्टीकरण,कार्वाही गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुंदे स्पष्टीकरण सोधका छन् । यादवले ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई कार्वाही गर्ने तयारी गरिरहेका बेला उनलाई नै जेठ ११ मा ठाकुरले स्पष्टिकरण सोधेका हुन ।

स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनेर जवाफ मागेका छन् । त्यसका साथै सहमतीविना एकल अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्दै यादवसंग जवाफ मागिएको छ ।

ठाकुरले मधेश आन्दोलनका माग पूरा गराउन र बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन,नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले कहां ठेस पुग्यो भन्ने प्रश्न समेत यादवलाई गरेका छन् ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसंग सहकार्य गर्नेमा विवाद छ । अध्यक्ष ठाकुर सरकारले माग पुरा गरेपछि ओली नेतृत्वको सरकारमा सहभागी हुनेमा छन भने यादव उनको विकल्प खोज्नुपर्ने भन्दै विपक्षी गठवन्धनमा सामेल छन् ।