महन्थलाई उपेन्द्रको स्पष्टिकरणः ८ बुँदे सहमति किन कार्यान्वयन नगरेको ? (पत्रसहित)

महन्थलाई उपेन्द्रको स्पष्टिकरणः ८ बुँदे सहमति किन कार्यान्वयन नगरेको ? (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई ९ बुँदे स्पष्टिकरण सोधेका छन् । अध्यक्ष यादवले पार्टीको हितविपरितका कार्य गरेको भन्दै अर्का अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टिकरण सोधेका हुन् ।

ठाकुरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई पार्टी निर्णयविपरीत किन साथ दिएको ? भन्दै स्पष्टिकरण सोधिएको छ ।

पत्रमा भनिएको छ, ‘पार्टीको निर्णय बिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु लेख्ने÷पठाउने कार्य किन गरेको ? ’

त्यस्तै उनले गत जेठ ३ गते भएको ८ बुँदे सहमति कार्यान्यन नगरेको भन्दै स्पष्टिकरण सोधेका छन् । अध्यक्ष यादवले दुई अध्यक्षले जारी गरेको ८ बूँदे सहमतिको विज्ञप्तिको पालना किन नगरेको ? भन्दै जवाफ पेश गर्न निर्देशन दिएका छन् ।

त्यस्तै उनले वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रलाल शुक्लालाई छुट्टा छुट्टै स्पष्टिकरण पत्र पठाएका छन् ।