कांग्रेस पदाधिकारी बैठकको निष्कर्षः ओलीले सत्ता बचाउन जनतामा आतंक मच्चाए

कांग्रेस पदाधिकारी बैठकको निष्कर्षः ओलीले सत्ता बचाउन जनतामा आतंक मच्चाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन जनतामा आतंक मच्चाउने काम गरेको बताएको छ ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले नागरिकलाई कोरोना महामारी देखाउँदै हिँड्न प्रतिबन्ध लगाउँदै सरकारले आतंक मच्चाएको निषकर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

‘कांग्रेसले प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र दिएको छ । तर, त्यसविपरित कोरोनाको आडमा सरकार राजनीति गर्न खोज्दैछ । जनतामा आतंक सिर्जना गर्न खोज्दैछ’, उनले भने, ‘अक्सिजनको व्यवस्थापन, गाउँगाउँमा कोरोना परीक्षण गर्ने भन्दा पनि राजनीतिक आतंक मच्चाउने काम गरेको छ ।’

उनले कोरोनाका कारण पेशा व्यवसाय भएका सर्वसाधारण नागरिकहरुको जीवन संकटमा परेको भन्दै राहतको व्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।

त्यस्तै बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय भएको उनले बताए ।

‘कानूनी र राजनीतिक लडाई लड्ने निर्णय भएको छ । कोरोना संक्रमणको आन्दोलनमा उत्रिने बेला छैन् । पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका कमिटी परिचालन गर्ने, अन्य दलहरुसँग पनि सहयकार्य गरेर अगाडि बढ्ने निर्णय भएको छ’, उनले भने ।

त्यस्तै आगामी भदौमा हुने भनिएको महाधिवेशनबारे छुट्टै बैठक बसेर छलफल गर्ने महामन्त्री महतले जानकारी दिए ।