कालिमाटी तरकारी बजारमा जोर बिजोर प्रणाली लागू

कालिमाटी तरकारी बजारमा जोर बिजोर प्रणाली लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

बजारमा हुने भिड रोक्न तरकारी लिन जाने गाडीमा जोरबिजोर प्रणाली लागू गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

जोर गते जोर नम्बरका गाडी र बिजोर गते बिजोर नम्बरका गाडी चल्ने छ । यस्तै, तरकारी लिन जाने गाडी बिहान ८ बजे भित्र पुगिसक्नु पर्ने नियम बनाएको छ ।

कालिमाटीको थोक तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुला रहने छ ।