काठमाण्डु – वि.सं.२०७८ साल जेठ १३ गते बिहीबार । ईश्वी सन् २०२१ मे २७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग असमज्दारी बढ्नाले दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । तरपनि दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पति पत्नी बीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले केहि दिनको लागी पछी सार्नु उपयूक्त हुनेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो आउने छैन ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानशिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।




प्रतिक्रिया