काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल र मोस्टिनबीच अस्ट्रेलियाको क्यानबेरास्थित गभर्मेन्ट हाउसमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा गभर्नर जनरल मोस्टिनले हालै भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति अस्ट्रेलियाको ऐक्यबद्धता पुनः व्यक्त गरिन् ।
परराष्ट्रमन्त्री खनालले दुःख व्यक्त गरेको, ऐक्यबद्धता जनाएको तथा निरन्तर सहयोग गर्दै आएकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरे ।

भेटवार्ताका क्रममा नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप पुष्टि गरिएको छ।
आपसी सम्मान, साझा लोकतान्त्रिक मूल्य–मान्यता तथा दुई देशका नागरिकबीचको सुमधुर सम्बन्धमा आधारित नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको छ।



प्रतिक्रिया