काठमाण्डु – काठमाण्डु महानगरपालिकामा आजदेखी समुदायस्तरमा कोरोना परीक्षण हुनेभएको छ ।
कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो । परीक्षण जेठ १८ गते सम्म चल्ने बताइएको छ ।
त्यसका लागि ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु तोकिएका थिए । कोरोना संक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोरोनाका लक्षण देखिएका तर परीक्षण नगरेका लगायतलाई समेट्ने तयारी गरिएको छ ।





प्रतिक्रिया