खोपमा अनुदानको मात्र भर गरिँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

खोपमा अनुदानको मात्र भर गरिँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले विभिन्न देशमा कोरोनाविरुद्धको खोप खरिदको पहल गरिरहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालले अनुदानको मात्र भर गरेर नबस्ने बताए । खोपको खरिद गर्न लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको जानकारी दिए ।

यस्तै चीनले अनुदान स्वरुप उपलब्ध गराउने १० लाख डोज कोभिड खोपमध्ये २ लाख डोज आइतबार नेपाल भित्रिने उनले जानकारी दिए । उनले भने, ‘चीनले उपलब्ध गराउने १० लाखमध्ये २ लाख पर्सि ३० तारिखमा तिब्बतबाट आउँछ । बाँकी आठ लाख डोज जुन १ सम्ममा आउँछ ।’

अबको १५ दिनमा खोप खरिदको विषय टुंगो लाग्ने बताएका छन् । एस्ट्राजेनेकाको खोप भारतबाहेक बेलायत, नेदरल्याण्ड दक्षिण कोरिया जस्ता देशमा उत्पादन भएकाले त्यताबाट खोप ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

यसैगरी कार्यक्रममा स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले सकेसम्म कोभिशिल्ड र त्यो नभए विकल्पमा एस्ट्रेजेनेकाको खोपबारे सोच बनाइरहेको बताए ।

सिरमले यस वर्ष कोभिशिल्ड निर्यात नगर्ने बताएपछि कोभ्यासले कोभिशिल्डको विकल्प खोज्न अनुरोध गरेअनुरुप अन्य खोपका लागि कूटनीतिक पहल भइरहेको उनको भनाई छ ।

यस्तै ईपिडिमियोलोजी तथा रोग निण्न्त्रण महाशाखा प्रमुख एवं मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले खोप छिटो ल्याउने अभियानमा पत्रकार र सरकार सँगसँगै हुनपर्नेमा जोड दिए ।

कोभिशिल्ड ८ हप्तापछि १२ हप्ता भित्र लगाउनुपर्ने भएपनि पछिल्लो पटक १६ हप्तासम्म लगाउनमिल्ने भनेकाले सोही अनुसार तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिशिल्ड प्राप्त गर्न नसकेको अवस्थामा विकल्पमा एस्ट्रेजेनेकाको बिषयमा छलफल भइरहेको बताइएको छ ।