स्वास्थ्यकर्मी कुट्नेलाई माफि दिए देशब्यापी आन्दोलन गर्ने डेन्टल एसोसिएसनको चेतावनी

स्वास्थ्यकर्मी कुट्नेलाई माफि दिए देशब्यापी आन्दोलन गर्ने डेन्टल एसोसिएसनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भेरी अस्पतालमा बिहीबार राती चिकित्सक, नर्स तथा उपचारमा खटिएका अन्य स्वास्थ्यकर्मी माथि भएको आक्रमणको नेपाल डेन्टल एसोसिएसनले भत्र्सना गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा सुभित मास्केले विज्ञप्ति जारी गर्दै घटनाको दाषिलाई माफि दिने वा कारवाहीमा कमी देखिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्वन्धित अपराधीहरुलाई हदैसम्मको अपराध मुद्धा चलाई कडा कारवाही गर्न सरकारसंग माग गरिएको छ ।

गम्भीर अवस्थामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएपछि बिरामीका आफन्तहरुले विहीबार राती साढे ९ बजे आइसीयू कक्ष तोडफोड गर्दै उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेका थिए ।